
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मुग्लिन–आँबुखैरेनी सडक खण्डमा राति पनि गाडी चल्न थालेका छन्।
आँबुखैरेनी गाउँपालिका–४ विद्युत् गृह नजिक सडक भासिएपछि गएको शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो।
रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले रातिको समयमा गाडी चलाउन रोक लगाएको थियो । तर हिजो बेलुकादेखि भने सानाठूला र हेभी गाडी समेत चलाउन अनुमति दिइएको छ।
सडक डिभिजन कार्यालय दमौलीले सडक भासिएको कुनापट्टिबाट भित्ता काटिरहेको छ। सडक भासिएको छेउपट्टि मर्मत नहुँदासम्म यो खण्डमा एकतर्फी मात्रै गाडी चल्ने छन्।

