• आइतबार, भाद्र २८ २०८३

शनिबार बिहानै भूकम्पकाे धक्का


शनिबार, जेष्ठ २८ २०७९
750
Shares

शनिबार एकाबिहानै भूकम्प गएकाे छ । भक्तपुरको चाँगुनारायण आसपास भूकम्पकाे केन्द्रविन्दु रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको सर्वसाधारणहरूले सामाजिक सञ्जालमा उल्लेख गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार