• शनिबार, साउन ९ २०८३

न्यूनतम आवागमन खुला गर्ने सरकारको निर्णय


शुक्रबार, चैत्र १४ २०७६
975
Shares

सरकारले दैनिक उपभोग्य वस्तुहरुको उत्पादन, ढुवानी, वितरण र किनमेललाई अवरोध नगर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको शुक्रबार बसेको बैठकले न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको हो ।

बैठकपछि अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, ‘दैनिकी चलाउन आवश्यक वस्तुको उत्पादन, ढुवानी, वितरण र त्यसका ग्राहकहरुको आवागमनलाई नरोक्ने निर्णय भएको छ । ठूला उत्पादनमूलक उद्योगहरुको सञ्चालनलाई भने खुल्ला गरिएको छैन ।’

उनले भने, ‘हामी नागरिकहरुले पनि निश्चित दुरी कायम गर्ने र भीडभाड नगरी किनमेल गर्नुपर्छ ।’

कोरोना भाइरसबाट संक्रमित दोस्रो व्यक्ति भेटिएलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार