• आइतबार, भाद्र २८ २०८३

पलसँग विवाह गर्ने उषाको चाहना


शुक्रबार, जेष्ठ २७ २०७९
890
Shares

नेपाली फिल्म उद्योगका चकलेटी नायक एक समय धेरै युवतीको ‘ड्रिमब्वाई’ थिए। फिल्म उद्योगभित्र र बाहिरका थुप्रै युवती उनीसँग विवाह गर्न चाहन्थे।

उनलाई एक झलक हेर्नकै लागि सुटिङ स्थलमा युवतीको लाइन लाग्थ्यो। तर अहिले समय अर्कै भइसकेको छ। पल एक नाबालिग गायिकालाई करणी गरेको अभियोगमा थुनामा छन्। उनी विरुद्धको मुद्दा विचाराधीन छ।

पलकै सपना देख्ने धेरै युवतीहरुले पललाई बिर्सिन थालिसके। कतिपयले उनलाई लिएर बनाएका धारणा परिवर्तन गरिसके। यही समय टिकटक स्टार उषा उप्रेती भने पलसँग विवाह गर्ने चाहना अभिव्यक्त गरिरहेकी छिन्। 

टिकटकबाट उदाएकी उषा अहिले चल्तीकी मोडल भइसकिन्। उषा अभिनित भिडिओ हिट भएका कारण पनि उनलाई कामको दुःख छैन।

उषाले केही म्युजिक भिडियोमा पल शाहसँग पनि स्क्रिन शेयर गरेकी थिइन्। उनले आकाश श्रेष्ठ, पुष्प खड्का लगायतका अहिलेका हिट अभिनेतासँग स्क्रिन शेयर गरिसकेकी छिन्।

आफूले काम गरेका कलाकार मध्ये उषाले विवाहका लागि पललाई छानेकी छिन्। एक अन्तर्वार्ताका क्रममा उनले उषाले विवाहका लागि आफूले काम गरेका अभिनेता मध्येबाट पललाई छानेकी हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार