• आइतबार, भाद्र २८ २०८३

आँबुखैरेनीमा भासिएको सडक एकतर्फी खुल्यो


शुक्रबार, जेष्ठ २७ २०७९
895
Shares

गाेरखा। तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखर ड्याममा सडक भासिएपछि अवरुद्ध सडक एकतर्फी खुलेको छ ।

सडक भासिएपछि शुक्रबार बिहानैबाट अवरुद्ध सडक दिउँसोबाट एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सडकको भित्तातर्फ जेसिबीले काटेर फालेपछि साना सवारी पास भएपनि ठूला सवारी साधनलाई भने प्रवेशमा लगाइएको प्रहरीको भनाइ छ ।

सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार, ग १५ प २९५३ नम्बरको मोटरसाइकल, बा ३३ प १०८१ नम्बरको मोटरसाइकल खसेर बेपत्ता भएका छन् । घटनामा दुई पुरुषको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार