• आइतबार, भाद्र २१ २०८३

१२ देखि १७ वर्षसम्मका किशोर-किशोरीलाई आजदेखि बुस्टर डोज


शुक्रबार, जेष्ठ २७ २०७९
735
Shares

१२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई सरकारले आजदेखि कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप दिँदै छ।

पूर्ण मात्रा खोप लिएर तीन महिना पुगेका किशोर किशोरीलाई बुस्टर डोज दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

१२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई सरकारले मोडर्ना तथा फाइजर खोप दिँदै आएको छ।

बुस्टर डोजमा पनि उनीहरुलाई मोडर्ना तथा फाइजर जुन लगाए पनि हुने मन्त्रालयले जनाएको छ। 

यसैबीच सरकारले आगामी असार ९ गतेदेखि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिने तयारी पनि गरेको छ।

सरकारले सञ्चालन गरेको निःशुल्क खोप अभियानको कारण नेपालमा कोभिड नियन्त्रण प्रभावकारी बन्दै गएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार