• आइतबार, भाद्र २८ २०८३

घट्यो सुन-चाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?


शुक्रबार, जेष्ठ २७ २०७९
795
Shares

शुक्रबार सुन-चाँदीको भाउ घटेको छ।

आज सुन प्रतितोला ९७ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। 

सुनचाँदी व्यवसायी महासंघका  अनुसार अघिल्लो दिन सुन प्रतितोला ९८ हजार रूपैयाँ र चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो। यसर्थ आज सुन प्रतितोला तीन सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो। 

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार