• आइतबार, भाद्र २८ २०८३

नेपाल ओमनसँग १३ रनले पराजित

शुक्रबार, जेष्ठ २७ २०७९
590
Shares

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानसँग १३ रनले पराजित भएको छ । ओमानले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९.४ ओभरमा १९८ रनमा समेटिएको हो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रनको योगदान दिए भने देव खनालले ३४ रन बनाए । रोहित पौडेलले १७ बलमा २० रन बनाए । ओमानका लागि जिसान महमुद र खवार अलीले ३-३ विकेट लिए ।

यसअघि अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको थियो । ओमानका लागि कप्तान जिसन मक्सुदले शतकीय पारी खेले ।

१२६ बल खेलेका उनले १२ चौका प्रहार गर्दै १०४ रन जोडे । त्यस्तै खवार अलीले ३० रनको योगदान गर्दा सविब खानले २७ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ३८ रन खर्चेर ५ विकेट लिए ।  त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

नेपालले ओमानलाई हालसम्म एक पटक मात्र हराएको छ । लिग टु अन्तर्गत नै नेपालले ओमानलाई २०२१ को सेप्टेम्बरमा उसैको मैदानमा ७ विकेटले हराएको थियो । त्यसअघिको तीन भेटमा ओमान लगातार विजयी भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार