• आइतबार, भाद्र २८ २०८३

पहिरोले नौबिसे–मुग्लिन र मुग्लिन–नारायणगढ सडक खण्ड ठप्प


शुक्रबार, जेष्ठ २७ २०७९
710
Shares

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

नौबिसे–मुग्लिन र मुग्लिन–नारायणगढ सडक खण्डमा फेरि पहिरो गएको छ । पहिरोका कारण यो सडक खण्ड दुईतर्फी नै ठप्प भएको छ । गाडीहरु रोकिएका छन् ।

चितवनको इच्छामनकामना गाउँपालिका–३ फिस्लिङ बजार नजिकैको तोपे खेलामा सुक्खा पहिरो खस्दा नौबिसे–मुग्लिन सडक खण्ड ठप्प भएको हो भने कालीखोलमा गएको पहिरोले मुग्लिन–नारायणगढ सडक ठप्प भएको हो ।

ढुङ्गासहित पहिरो खसेको मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले जानकारी दिए । सडक खण्ड ठप्प भएकाले आज पनि यो नाकाहरुमै गाडी रोक्न भनिएको छ । अस्तिको पहिरोका कारण गाडी चापमा चलिरहेका बेला फेरि आज अर्का पहिरो गएको हो ।

अस्ति गएको पहिरो १४ घण्टापछि बल्ल हिजो दिउँसो अबेर हटाएर सडक खुलाइएको थियो । अस्तिको पहिरोका कारण अघि बिहानसम्म यो सडक खण्डमा लामो जाम थियो । जामका कारण यात्रुले सास्ती पाएका छन् । विशेषगरी बिरामी, बालबालिका र ज्येष्ठ नागरिक मर्कामा परेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार