
मनसुन भित्रिएसँगै नेपालका पूर्वी र मध्य भागमा नियमितजसो वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार २२ जेठमा पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी वायु देशभर फैलने क्रममा छ।

महाशाखाका अनुसार नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायु र भारतको उत्तर प्रदेशसँगै विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव छ।
हाल प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सफा रहनेछ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेससहित अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


