
गाेरखा। जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत हवल्दार महेन्द्र राम्जाली बैशाख महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन् ।
जिल्ला भित्रमा कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना अनुसार बैशाख महिनामा उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा राम्जालीलाई पुरस्कृत गरेका हुन ।


उनले स्थानीय तहको निर्वाचन २०७९ अन्र्तगत निर्वाचनको प्रारम्भिक चरणदेखि नै निर्वाचन सेलमा रही म्यादी प्रहरी छनौट, परिचालन एवंम बिभिन्न कार्यालयबाट थप मद्दत स्वरुप खटिई आएका कर्मचारीहरुलाई प्रभावकारी ढंगले परिचालन गरेको कार्यालयले जनाएको छ ।
साथै निर्वाचन सम्बन्धी अभिलेखलाई दुरुस्त राख्ने एवंम तालुक कार्यालयहरुसंग समन्वय गरी तोकिएको समयमा जाहेर गर्ने लगायतका जिम्मेवारीहरुलाई त्रुटि रहित तवरले काम गरेको भन्दै हवल्दार राम्जालीलाई कार्यालयले पुरस्कृत गरेको हो ।
कार्यालयले दिएको शाखाको जिम्मेवारी समेत इमान्दारिता, बफादारिताका साथ बिभागिय नीति निर्देशदन अनुरुप उनले कुशलताका पूर्वक कार्य सम्पादन गरेको कार्यालयले जनाएको छ ।


