• मंगलबार, कार्तिक ११ २०८३

२ हजार ७५३ मा कोरोना परीक्षण गर्दा २२ लाई संक्रमण


बिहिबार, जेष्ठ २६ २०७९
745
Shares

पछिल्लो २४ घन्टामा देशभर थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २२ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ७५३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार ६५५ जनाको पिसिआर र १ हजार ९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ११२ जना सक्रिय संक्रमित छन्।

९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार