• आइतबार, भाद्र २८ २०८३

एक महिनादेखि भन्सार विभागमा थन्कियो ९९७० बोरा मल


बिहिबार, जेष्ठ २६ २०७९
825
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

किसानले आवश्यक्ताअनुसार मल नपाइरहँदा भन्सार कार्यालयको गोदाममा १ महिनादेखि ९ हजार ९७० बोरा मल थन्किएको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेडले ल्याएको मल विगत १ महिनादेखि जाँचपास नै नभई थन्किएको हो ।

भन्सार विभागका अनुसार विगत १ महिना अघि भन्सार कार्यालयमा आइपुगेको मल जाँचपास नै भएको छैन । तर, यही समय असारे खेतीका लागि किसान रासायनिक मलको अभाव खेपिरहेका छन् ।

मल आयातकर्ता केन्द्र मल जाँचपासका लागि नआएपछि विभागले पत्र लेख्दै जाँचपास गर्न भनेको छ । मलको अत्याधिक माग रहेको र भन्सार कार्यालयमा स्थान अभावका कारणले छिट्टै जाँचपास गर्न विभागले कृषि सामाग्री केन्द्रलाई पत्र लेखेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार