• सोमबार, भाद्र २९ २०८३

धादिङको चालिसेमा ट्रकको ठक्करबाट गोरखाकी एक महिलाको मृत्यु


बिहिबार, जेष्ठ २६ २०७९
915
Shares

गोरखा। बुधबार राति धादिङको धुनीबेसि नगरपालिका ६ चालिसेमा ट्रकले ठक्कर दिदा पैदल हिडीरहेकी गोरखाकी एक महिलाको मृत्यु भएको छ ।

गोरखाको गण्डकी गाउपालिका ५ की दरबुङ घर भएकी ४४ बर्षीय राममाया बिकको मृत्यु भएको हाे ।

उनलाइ काठमाडौँबाट नारायणगढ तर्फ जादै गरेको ना ८ ख ५१६३ नम्बरको गएराति ९ : ४५ बजे ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी विकको उपचारको क्रममा राति १० : ३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकसहित चालकलाई प्रहरी ले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार