
नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै तेजावी सुनको भाउ पनि ९७ हजार ५ सय रुपैयाँ पुगेको छ।
बिहीबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ।


