• सोमबार, भाद्र २९ २०८३

अमेरिकी उच्च सैनिक अधिकारी आज नेपाल आउँदै


बिहिबार, जेष्ठ २६ २०७९
1.1K
Shares

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन ४ दिने औपचारिक भ्रमणमा नेपाल आउँदै छन् ।

बिहीबार दिउँसो सद्भावना भ्रमणमा चाल्र्स ए फ्लिन नेपाल आउन लागेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) नारायण सिलवालले रातोपाटीलाई बताए । फ्लिन सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्रको प्रमुख छन् ।

शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र अमेरिकी जनरलको बीचमा भेटवार्ता हुँदैछ । प्रधानसेनापतिले सैनिक जनरलको सम्मानमा शुक्रबार रात्रिभोज आयोजना गरेका छन् ।

चाल्र्स ए फ्लिन जेठ २८ मा माउन्टेन फ्लाइटमा जाने कार्यक्रम छ । सगरमाथा आधार शिविर भ्रमणपछि सोलुखुम्बुको नाम्चे बजार माथि रहेको एभरेष्ट भ्यू होटलमा खाना खाने कार्यक्रम छ ।

जेठ २९ मा वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखाल र शिवपुरीस्थित सेनाको कमाण्ड एण्ड स्टाफ कलेज भ्रमण गरेर उनी अमेरिका फर्कनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार