• सोमबार, भाद्र २९ २०८३

बस दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु


बिहिबार, जेष्ठ २६ २०७९
1.1K
Shares

पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ ।

दक्षिण पश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा  महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो । 

बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घटना भएको हो । सहायक जिल्ला प्रशासक मोहमद क्वासिमका अनुसार दुर्घटनामा सबै जनाको मृत्यु भएको छ ।

तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनाको समयमा मौसम खराब रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार तीब्र गतिका कारण बस अनियन्त्रित भएर पहाडको खोँचमा खसेको थियो ।  दुर्घटनाप्रति पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले दुःख व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार