
गोरखा। गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर–७ बुङकोटको मासु पसलमा विद्युत सर्ट भएर आगलागी हुँदा पसल जलेर नष्ट भएको छ ।
आगलागीबाट लाहुरे टोलमा मासु पसल गर्दै आएका कुमार श्रेष्ठको मासु पसल जलेर पूर्ण रुपमा नष्ट भएको वडा नम्बर–७ का वडाध्यक्ष शरण श्रेष्ठले बताए ।
आगलागीबाट पसल पूर्ण रुपमा जलेको र पसलमा रहेका सवै सामान नष्ट भएको श्रेष्ठले बताए । आगलागीबाट भएको क्षतिको बिबरण भने प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

