• मंगलबार, कार्तिक ११ २०८३

बुङकोटमा विद्युत सर्ट भएर मासु पसलमा आगलागी


बिहिबार, जेष्ठ २६ २०७९
835
Shares

गोरखा। गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर–७ बुङकोटको मासु पसलमा विद्युत सर्ट भएर आगलागी हुँदा पसल जलेर नष्ट भएको छ ।

आगलागीबाट लाहुरे टोलमा मासु पसल गर्दै आएका कुमार श्रेष्ठको मासु पसल जलेर पूर्ण रुपमा नष्ट भएको वडा नम्बर–७ का वडाध्यक्ष शरण श्रेष्ठले बताए ।

आगलागीबाट पसल पूर्ण रुपमा जलेको र पसलमा रहेका सवै सामान नष्ट भएको श्रेष्ठले बताए । आगलागीबाट भएको क्षतिको बिबरण भने प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार