

गोरखा । शहिद लखन गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीलाई अभिमुखिकरण गराइएकाे छ । गाउँपालिकाकाे आयाेजनामा गाउँसभाका सबै सदस्यलाई जनप्रतिनिधीकाे काम, कर्तब्य र अधिकारका बारे अभिमुखिकरण गराइएकाे प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरले जानकारी दिए । कार्यक्रम गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरकाे अध्यक्षतामा भएकाे हाे ।


कार्यक्रममा न्यायपालिका, कार्यपालिका लगायतका बिषयमा अध्यक्ष थापा मगरले सहजीकरण गरेका थिए भने गाउँपालिकाकाे याेजना तर्जुमाकाे प्रकृया, त्यसमा जनप्रतिनिधीकाे भुमिका, न्यायिक समितीकाे काम, अधिकार लगायतका बारे प्रमुख प्रशासकीय अधिकृत आलेले सहभागीलाई जानकारी गराएका थिए ।
त्यस्तै कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्यहरुकाे काम र जिम्मेवारी, काम गर्ने तरिका, आउन सक्ने चुनाैती र समाधानका उपाय लगायतकाे बिषयमा समेत छलफल भएकाे वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।



कार्यक्रमकै अवसरमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीतिका बारे समेत छलफल भएकाे बताइएकाे छ । ११ स्थानीय तह रहेकाे गोरखामा जनप्रतिनिधीलाई अभिमुखिकरण गराउने शहिद लखन पहिलाे पालिका बनेकाे छ ।