
काठमाडौंको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ।
मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो। तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ।
स्थानीयले स्थानीयले फोहोरका गाडीहरु रोकर ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको प्रहरीले जनाएको छ।

