• सोमबार, भाद्र २९ २०८३

गोरखा नगरस्तरीय बक्तृत्वकलामा माेर्डन स्कुलकी जेनिशा पहिलाे


बुधबार, जेष्ठ २५ २०७९
910
Shares

गोरखा । गोरखा नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियाेगितामा सदरमुकामकाे माेर्डन इंलिस बाेर्डिङ स्कुलकी जेनिशा राेका प्रथम भएकी छिन् ।

अन्तराष्ट्रिय वातावरण दिवशका अवसरमा गोरखा नगरपालिकाले आयाेजना गरेकाे प्रतियाेगितामा अन्य ७ विधालयका प्रतिस्प्रधीलाई पछि पार्दै माेर्डन स्कुलकी राेका प्रथम भएकी हुन् ।

प्रतियाेगितामा सरस्वती मावि आहालेकी मलिना श्रेष्ठ दाेस्राे, रानीवनमा रहेकाे द ओल्ड क्यापिटल माविकी कृष्टि सापकाेटा तेस्राे भएकी छिन् । त्यस्तै नयाँबजारकाे जेनियस बाेर्डिङ्गकी शिवानी श्रेष्ठले सान्त्वना स्थान हासिल गरेकी छिन् ।

विजेताहरुलाई नगरप्रमुख कृष्ण बहादुर राना मगरले प्रमाणपत्रसहित नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार