
गोरखा । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन शाहकाे निर्णयकाे समर्थनमा गोरखाकाे एक हाेटलले समेत सार्वजानिक शाैचालय सञ्चालन गरेकाे छ ।
मेयर शाहकाे समर्थनमा गोरखाकाे बसपार्कमा रहेकाे हाेलिडे बार एण्ड रेष्ट्राेले आफुसंग रहेकाे शाैचालयलाई सार्वजानिक बनाउदै निशुल्क शाैचालय प्रयाेगका लागि खुला गरेकाे सञ्चालक निराेज कट्टेलले बताए ।

निर्वाचित भएकाे केहि दिनमै काठमाण्डाैका नीजि हाेटलका शाैचालयलाई सार्वजानिक शाैचालयका रुपमा प्रयाेग गर्ने गरी प्रकृया अघि बढाएका मेयर शाहकाे निर्णय आम सर्वसाधारणका लागि उपयाेगी र रचनात्मक कार्य रहेकाले गोरखा बजारमा समेत यसकाे आवस्यकतालाई मध्यनजर गर्दै निशुल्क प्रयाेगका गर्न सबैका लागि खुला गरिएकाे सञ्चालक कट्टेलले जानकारी दिए ।




‘बालेन शाहकाे निर्णय रचनात्मक मात्रै छैन, याे ब्यवहारिक पनि छ’ कट्टेलले भने ‘म गोरखाबाट पनि उहाँकाे निर्णयकाे सम्मान गर्छु, याे कदम काठमाण्डाैका लागि मात्रै हाेइन भ्याली बाहिरका शहरमा पनि अति उपयाेगी छ जस्ताे लाग्छ, त्यसैले गोरखामा मेराे रेष्टुरेण्टकाे शाैचालय जानका लागि चिया र काेक खाइरहनु पर्दैन, निर्धक्क प्रयाेग गर्दा हुन्छ’

