• सोमबार, भाद्र २९ २०८३

हरमटारी क्लबकाे अध्यक्षमा गुरुङ, महासचिवमा ढकाल


सोमबार, जेष्ठ २३ २०७९
1.5K
Shares

गोरखा । हरमटारी क्लबकाे चाैथाे अधिवेशनबाट जिवन गुरुङ अध्यक्षमा चयन भएका छन् । साेमबार भएकाे क्लबकाे चाैथाे अधिवेशनले गुरुङकाे नेतृत्वमा ११ सदस्यिय कार्यसमिती चयन गरेकाे हाे ।

जसकाे उपाध्यक्षमा अनिल श्रेष्ठ र मनाेज गुरुङ चयन भएका छन् भने महासचिवमा किरण ढकाल सर्वसम्मत भएकाे क्लबका सल्लाहकार बिक्रम बस्नेतले जानकारी दिए ।

त्यस्तै क्लबकाे सचिवमा शन्त घले, काेषाध्यक्षमा सुसान गुरुङ चयन भएका छन् । सदस्यहरुमा प्रज्वल क्षेत्री, विकाश श्रेष्ठ, आशिष श्रेष्ठ, प्रदिप क्षेत्री र यानु गुरुङ चयन भएकाे बताइएकाे छ ।

गोरखा नगरपालिका वडा नम्बर ६ मा रहेकाे साे क्लबले लामाे समयदेखि जिल्लाकै सबैधन्दा बढी धनराशी पुरस्कार भएकाे गोरखकाली फुटबल कप सञ्चालन गर्दै आएकाे छ भने क्लबले फुटलबसंगै बिभिन्न खेलकुद गतिविधीकाे विकास र दक्ष खेलाडी उत्पादनमा अभियानहरु चलाउदै आएकाे छ ।

क्लबकै पहलमा यसअघिदेखि नै गोरखा सदरमुकाममा रहेकाे रंगशालाकाे समेत स्तराेन्नती हुदै आएकाे थियाे । खेलकुदसंगै क्लबले गोरखकाली मेला, रमाइलाे मेला, देउसीभैलाे लगायतका गतिविधी मार्फत बिभिन्न सामाजिक कार्यहरु गर्दै आएकाे जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार