• सोमबार, भाद्र २९ २०८३

नेपाल बैंक गण्डकी र सुदूरपश्चिम प्रदेशकोे बजेट गोष्ठी सम्पन्न


सोमबार, जेष्ठ २३ २०७९
655
Shares

नेपाल बैंक लिमिटेडले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।

गोष्ठी जेठ १९ गतेदेखि २१ गतेसम्म चितवनको सौराहामा भएको थियो। गोष्ठीमा नेपाल बैंक व्यवस्थापन गण्डकी र सुदूरपश्चिम प्रादेशिक कार्यालय र सोअन्तर्गतका सम्पूर्ण शाखाका ४५ जना शाखा प्रबन्धकहरुको सहभागिता थियो। 

प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा बिकास डिभिजनले संयुक्त आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो। 

आगामी आर्थिक वर्ष बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङमा बढावा दिनेलगायत विषयहरुमा छलफल भएको थियो। यसले थप सहज हुने विश्वास बैंकको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार