• मंगलबार, कार्तिक ११ २०८३

तीर्थयात्री बोकेको बस दुर्घटना हुदा २६ को मृत्यु, ४ घाइते


सोमबार, जेष्ठ २३ २०७९
915
Shares

भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २६ जना तीर्थयात्रीको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।

आइतबार साँझ मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके–०४–१५४१ नम्बरको बस दुर्घटनामा परेको हो।

चारधाम यात्रामा सहभागी भएका उनीहरू सवार बस ४०० फिट गहिरो खाडलमा खसेको थियो। घाइते यात्रुका अनुसार बसको स्टेरिङ फेल भएपछि दुर्घटना भएको हो।

उत्तराखण्डमा भएको दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन्।

यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामीले पनि मृतकका परिवारलाई १ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार