
गोरखा । ५० औ अन्तराष्ट्रिय वातावरण दिवसको अवसरमा द ओल्ड क्यापिटल माध्यामिक विधालयका विद्यार्थीहरूले गोरखा बजार क्षेत्रमा सरसफाई गरेका छन् । दिवशका अवसरमा साे विधालयमा अध्ययनरत विधार्थीले हिजाे आइतबार गोरखा सदरमुकामकाे बिभिन्न क्षेत्रमा पुगेर सरसफाई गरेकाे हाे ।


सदरमुकामकाे रानीवनमा रहेकाे विधालयबाट वातावरण संरक्षण सम्बन्धी विभिन्न नाराहरु लेखिएकाे प्ले कार्ड र ब्यानर लिएर निस्केका कक्षा ९ र १० का विधार्थीहरुले पाटेचाैर, तिनधारे, ठूलाेआँगन, विपीचाैतारा, बसपार्क, कालीमाटी हुदै हरमटारी क्षेत्रसम्म प्रभातफेरीसहित सरसफाई गरेकाे प्रिन्सिपल जनक केसीले जानकारी दिए ।
उनिहरुले वातावरण जाेगाऔ, पृथ्वी जाेगाऔ, बृक्षाराेपण गराै, वन विनाश राेकाैं, हरियाली वातावरण बनाऔ, प्रदुषण नगराैं जस्ता नारा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

त्यस्तै, कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुले बराह, तल्लो बहरा, आयुर्वेदिक चोक, प्रतिक्षालय, पेट्रोलपम्प लगायत क्षेत्रका सरसफाई गरेका छन् । साे समुहमा विधालयमा रहेकाे स्काउट, रेडक्रश, इन्ट्रा¥याक लगायतकाे समेत सहभागीता रहेकाे प्रिन्सिपल केसीले बताए ।
प्रभातफेरीसंगै बजार क्षेत्रकाे सरसफाई सकेर विधालय पुगेका विधार्थीले विधालय परिसरकाे समेत सरसफाई गरेका थिए ।


