गोरखा । ५० औ अन्तराष्ट्रिय वातावरण दिवसको अवसरमा गोरखा सदरमुकाममा रहेकाे मोडर्न ईङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले वृक्षाराेपण गरेका छन् । दिवशका अवसरमा साे स्कुलमा अध्ययनरत विधार्थीले विधालय परिसरमा सरसफाईसंगै बृक्षाराेपण गरेका हुन् ।
त्यस्तै वातावरण संरक्षणका लागि सचेतनामुलक र्याली समेत गरिएकाे प्रधानाध्यापक सिताराम तिवारीले बताए । वातावरण संरक्षण सम्बन्धी विभिन्न नाराहरु लेखिएकाे प्ले कार्ड र ब्यानर लिएर विधार्थीहरुले गोरखा बजार परिक्रमा गरेका थिए ।

हरमटारीमा रहेकाे स्कुलबाट सुरु भएकाे प्रभातफेरी जिप्रकाचाेक- कालिमाटी- बिसाैनीमाेड- बसपार्क हुदै ठूलाेआगन हुदै पाटेचाैरबाट अस्पताल हुदै हरमटारीमा पुगेकाे थियाे ।
विधालयमा भएकाे बृक्षाराेपण कार्यक्रममा नागरिक समाजका अगुवासंगै शिक्षकहरुकाे समेत सहभागिता रहेकाे प्रअ तिवारीले जानकारी दिए ।