• सोमबार, भाद्र २९ २०८३

मोटरसाइकल दुर्घटनामा घाइते राप्रपा नेता श्रेष्ठको निधन


आइतबार, जेष्ठ २२ २०७९
740
Shares

मोटरसाइकलको ठक्करबाट घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता जीवनकुमार श्रेष्ठको निधन भएको छ। 

न्युरो अस्पताल बाँसबारीमा उपचारको क्रममा उनको आइतबार बिहान निधन भएको हो। उनलाई खोटाङको दिक्तेलमा मोटरसाइकलले दुई दिन अघि ठक्कर दिएको थियो।

This image has an empty alt attribute; its file name is Namaste-Mobile.gif

मोटरसाइकलको ठक्करबाट टाउको र छातीमा चोट लागेका श्रेष्ठलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

श्रेष्ठको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ। श्रेष्ठ राप्रपाको पूर्व खोटाङ जिल्ला अध्यक्ष पनि हुन्। गएको स्थानीय तहको निर्वाचनमा दिक्तेल नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका थिए। 

उनलाई ठक्कर दिने प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकल र चालक १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दुर्घटनामा अभिषेककी आमा पनि घाइते भएकी छन्। मोटरसाइकलको पछाडी रहेकी ४८ वर्षीया विष्णुकुमारी राईको बाँसबारीमा उपचार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार