• शनिबार, साउन ९ २०८३

स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण पुष्टि, बेलायतमा थप एक नेपालीको मृत्यु


शुक्रबार, चैत्र १४ २०७६
1.1K
Shares

स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् ।

संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ । स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन् । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको बताइन् ।

त्यस्तै बेलायतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप एक जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्याल रहेका छन् ।

उपचारको क्रममा अर्यालको गत सोमबार मृत्यु भएको भएपनि अस्पतालले उनमा कोरोना संक्रमण रहेको पुष्टि बिहीबार मात्र गरेको गैरआवसीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) सदस्य रामशरण सिँखडाले जानकारी दिए ।

शनिबार अचानक स्वास्थ्यमा खराबी देखिएपछि उनलाई उपचारका लागि स्थानीय क्वीन एलिजावेथ अस्पताल पुर्‍याइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार