• सोमबार, भाद्र २९ २०८३

असार ३१ गतेदेखि ‘सम्झना बिर्सना’


आइतबार, जेष्ठ २२ २०७९
1.1K
Shares

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनित फिल्म ‘सम्झना बिर्सना’को प्रदर्शन मिति तय भएको छ। 

जेठ ३ गते प्रदर्शन हुने भनिएको फिल्म स्थानीय तह निर्वाचनका कारण सारिएको थियो। अब यो फिल्म ३१ गतेदेखि प्रदर्शन हुने भएको छ।

फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टोलीले नयाँ प्रदर्शन मिति सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा आकाश र पूजालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। 

निमेश प्रधानको निर्देशन रहेको फिल्ममा आकाश र पूजासँगै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर रानालगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको कथा तथा पटकथा निर्देशक प्रधानले नै तयार पारेका हुन्। 

दार्जिलिङ, सिक्किम र नेपालको जीवनको प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्ममा अदुत्य प्रधान र रेबेका प्रधानको लगानी छ। 

शिव ढकालले छायांकन गरेको फिल्मलाई तारा थापाले सम्पादन गरेका छन्।

अभिनेता आकाश र पूजा शर्माले ‘रामकहानी’ र ‘पोइ पर्यो काले’मा एकसाथ काम गरेका थिए। उनीहरु दुवैले अभिनय गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पखाईमा छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार