
गोरखा । गोरखामा एक पुरूषको शव फेला परेको छ । पालुङटार नगरपालिका वडा नं. ७ च्याङली स्थित सतीघाट नजिकै एक पुरूषको शव फेला परेको हाे ।
आइतबार विहान मस्र्याङ्दी नदीको किनारमा ढुंगामा अड्किएको अवस्थामा शव फेला परेको डिएसपी लिलाराज लामिछानेले बताए ।
करिब ५०/५५ वर्ष उमेरका व्यक्तिको शव फेला परेको उनले बताए । आइतबार विहान नदिजन्य पदार्थ संकलनका लागि गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवको अवस्था हेर्दा नदीले बगाउँदै ल्याएको जस्तो देखिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टनका लागि गोरखा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

