रुपन्देहीमा यात्रु बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २५ जना घाइते भएका छन्।
आज (आइतबार) बिहान करिब साढे चार बजे भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी गाउँपालिका ३ र ओमसतिया गाउँपालिका ४ को सीमा क्षेत्रमा पर्ने रोहिणी खोलामा बस दुर्घटना भएको हो।
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी खोलाको पुलबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतकहरुको सनाखत हुन बाँकी छ।
दुर्घटनामा गम्भीर घाइते भएकामध्ये ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
रोहिणी पुलको रेलिङ भाँच्दै बस खोलामा खसेर दुर्घटना भएको हो।