• सोमबार, भाद्र २९ २०८३

देशभर थपिए २६ कोरोना संक्रमित


शुक्रबार, जेष्ठ २० २०७९
690
Shares

पछिल्लो २४ घन्टामा देशभर थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २६ जनामा संक्रमण पुष्टि भएको हो।

५ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

चार हजार ५२८ जनाको पिसिआर र एक हजार ७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १११ जना सक्रिय संक्रमित छन्। शुक्रबार ९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार