• सोमबार, भाद्र २९ २०८३

विद्यालयका अध्यक्ष र प्रधानाध्यापक घुससहित नियन्त्रणमा


शुक्रबार, जेष्ठ २० २०७९
815
Shares

काठमाडौं । महोत्तरीको श्री माध्यामिक विद्यालय एकडाराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ परेका छन् ।

अध्यक्ष विनोद पासवान र प्रधानाध्यापक रामदिनेश मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार महोत्तरीको जलेश्वर नगरपालिका—२ टाउन प्लानिङस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सिर्जना गरी विभिन्न बहानामा बनाई सेवाग्राहीबाट ५० हजार घुस लिएको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार