
गोरखा। गोरखाका अनिलबाबु अर्यालले अमेरिकाबाट विद्यावारिधि पिएचडी उपाधी हासिल गरेका छन् ।
लामो समयदेखि रियल स्टेट ब्यावसायमा संलग्न नेपाली युवा ब्यावसायीका अर्यालले क्यालिफोर्नियाको ओकल्याण्डस्थित लिंकन युनिभर्सिटीवाट मानार्थ विद्याावारिधि पिएचडी उपाधी हासिल गरेका हुन् ।


अर्यालले नेपाली समुदायमा रियल स्टेट ब्यवसाय मार्फत समुदायमा पुर्याएको योगदान र सहयोगको कदर स्वरुप सो पिएचडी उपाधी दिइएको युनिभर्सिटीले जनाएको छ ।
हरेक विधामा उत्कृट योगदान पुर्याउनेहरुलाई सो युनिभर्सिटीले पिएचडीको उपाधी प्रदान गर्दै आएको छ । विजनेश एडमिनिष्ट्रेशनमा मानार्थ पिएडी उपाधी प्राप्त गर्ने अर्याल पहिलो नेपाली व्यावसायी हुन ।
अमेरिकाको होम स्न्याप कम्पनीले गरेको सर्वेक्षणको ‘टप फाइप प्रतिशत’मा अर्यालको नाम प्रकाशित भएको थियो । सोही आधारमा लिंकन युनिभर्सिटीले उनलाई विद्यावारिधीको लागि छनौट गरेको थियो ।


पिएचडी उपाधी पाउनु गौरवको विषय भएको बताउदै ब्यवसायी अर्यालले आफूलाई यसवाट थप उत्साह र प्रेरणा मिलेको बताए । यो मेरो ब्यक्तिगत सफलता मात्र नभई नेपाल र नेपाली समुदायको कदर र सम्मान पनि हो, नेपाली समुदायको निम्ति अझ धेरै काम गर्ने प्ररणा मिलेको छ, अर्यालले भने ।
युनिभर्सिटी अफ स्यानफ्रान्सिस्कोका सह प्राध्यापक डा।टीका लम्सालले नेपाली व्यावसायीलाई युनिभर्सिटीले डक्टरेट डिग्री प्रदान गर्नु ब्यक्तिको मात्र नभई नेपाली समुदायको लागि निकै खुसि र गौरवको विषय भएको बताए ।
सन् १९८७ मा गोरखामा जन्मेका अर्याल उच्च शिक्षा अध्ययनको लागि २००७ मा अमेरिकाको पश्चिम भर्जिनिया आएका थिए । उनले त्यहाँको माउण्टेन युनिभर्सिटी र पछि क्यालिफोर्निया स्टेट युनिभर्सिटी इष्टवेवाट वायोकेमेष्ट्री र विजनेश एडमिनिष्ट्रेशनको अध्ययन पुरा गरेका गरेका थिए ।
सन् २०१६ देखि रियलस्टेट व्यवसायमा संलग्न अर्याल क्यालिफोर्नियामा सफल र नेपालीहरुविच लोकप्रिय युवा व्यवसायीको रुपमा परिचित छन् । उत्कृट ब्यवसायी भएवापत उनलाई सन् २०२१ मा इष्ट बे एशोसिएसन अफ रियल्टर्सले गोल्ड क्लव अवार्ड र सन् २०१८–२०२० टप प्रोड्युसर अवार्डवाट पुरस्कृत गरेको छ । अर्याल विगत ७ वर्षदेखि रियलस्टेट ब्यवसायमा संलग्न छन् ।


