• सोमबार, भाद्र २९ २०८३

‘कबड्डी ४’ ले एक सातामा कति कमायो?


शुक्रबार, जेष्ठ २० २०७९
1.7K
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी ४: द फाइनल म्याच’ ले बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ।

सफलताका साथ प्रदर्शन भइरहेको फिल्मले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड कायम गरिरहेको छ। यो फिल्म अत्याधिक शो पाउने पहिलो फिल्म, सर्वाधिक अग्रिम टिकट बुकिङ हुने पहिलो फिल्म, घरेलु बक्स अफिसमा सर्वाधिक ओपनरजस्ता रेकर्ड राखिसकेको छ।

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

गत शुक्रबारदेखि प्रदर्शन भएको फिल्मले पहिलो दिन तीन करोडमाथि कमाएको थियो। त्यस्तै फिल्मले एक हप्तामा सर्वाधिक व्यापार गर्ने फिल्मको रेकर्ड पनि राखेको छ।

वितरक मनोज राठीका अनुसार ‘कबड्डी ४’ ले एक सातामा १५ करोड कमाएको छ। ‘फिल्मले अहिले पनि दर्शकको साथ राम्रो पाइरहेको छ। यो फिल्मले १५ करोड कमाउँदै नयाँ रेकर्ड राखेको छ,’ उनले भने।

यो हालसम्मकै छोटो समयमा धेरै कमाउने फिल्म बनेको छ। यो फिल्मले प्रदर्शन अगाडि नै  डिजिटल र ओभरसिज राइट्सबाट लगानी उठाइसकेको छ। 

समाजिक कथावस्तुलाई कमेडीमार्फत प्रस्तुत गरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ।

बाँसुरी फिल्म्स् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ। फिल्मका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार