• सोमबार, भाद्र २९ २०८३

तारा एयरको पोखरा–जोमसोम उडान एक साताको लागि स्थगित


शुक्रबार, जेष्ठ २० २०७९
630
Shares

This image has an empty alt attribute; its file name is Namaste-Mobile.gif

तारा एयरले पोखरा–जोमसोम उडान एक साताका लागि स्थगित गरेको छ ।

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

तारा एयरले आजदेखि यही जेठ २७ गतेसम्मका लागि पोखरा–जोमसोम नियमित उडान स्थगित गरेको हो।

तारा एयरको भगिनी संस्था यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विशेष कारणवश आजदेखि एक सातासम्म पोखरा–जोमसोम उडान स्थगित गरिएको जानकारी दिए।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज गत आइतबार मुस्ताङको थसाङमा दुर्घटनामा परेको थियो। 

दुर्घटनामा चालकदलका सदस्यसहित विमानमा सवार सबै २२ जनाको मृत्यु भएको थियो। दुर्घटनाको छानविन गर्न सरकारले छानविन समिति गठन गरेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार