• सोमबार, भाद्र २९ २०८३

मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरिने 


शुक्रबार, जेष्ठ २० २०७९
1.8K
Shares

मुग्लिङ-पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँले एक सूचना जारी गर्दै आइतबारदेखि मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरिने जनाएको छ ।

याम्पा फाँट र घाँसीकुवा खण्डमा जेठ २२ गते आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म उक्त सडक खन्ने तयारी गरिएको छ ।

सो समयमा आवागमन बन्द गरिने सडक योजना तनहुँको सूचनामा उल्लेख छ । सूचनामा त्योभन्दा अघि वा पछि मात्रै उक्त सडक वारपार गरिदिन अनुरोध गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार