• सोमबार, भाद्र २९ २०८३

गोरखा क्याम्पसको क्युएए मूल्याङ्कन सकियो


शुक्रबार, जेष्ठ २० २०७९
900
Shares

गोरखा। गोरखा क्याम्पसको गुणस्तर सुनिश्चितता प्रत्यायन(क्युएए)का लागि मूल्याङ्कनको काम सकिएको छ ।

त्रिभुवन विश्वविद्यालयका प्रा.डा.केशरजंग बराल संयोजकत्वमा अन्तराष्ट्रिय विशेषज्ञ प्रा.डा.पि.एन.गज्जार, प्रा.डा.माला मल्ल, प्रा.डा.प्रदिपचन्द्र गौतम, कर्मचारी सदस्य नविना चौलागाई ५ सदस्यीय समूहले मूल्याङ्कन गरेको हो ।

समूहले ५ दिन क्याम्पसको गतिविधिको स्थलगत अवलोकन पछि बिहीवार क्याम्पसमा नै एक कार्यक्रम आयोजना गरेर क्याम्पसका प्राध्यपक कर्मचारी र विद्याथी बीच क्याम्पसका लागि सुझाव समेत प्रस्तुतीकरण गरेको थियो ।

विभिन्न शैक्षिक सुचाङ्कको मूल्याङ्कन गर्नुका साथै पूरा गर्नुपर्ने सुझाव समेत दिएको गोरखा क्याम्पसका प्रमुख रामशरण बानियाँले जानकारी दिए । विश्वविद्यालय अनुदान आयोग अन्र्तगत गुणस्तर सुनिश्चितता प्रत्यायन(क्युएए) परिषदको मूल्याङ्कनमा उत्तीर्ण भए पछि मात्र सम्वन्धित क्याम्पसले प्रमाणपत्र प्राप्त गर्दछ ।

क्युएए प्रमाणपत्र पाएका क्याम्पसका विद्यार्थीहरुले विदेशका विश्वविद्यालयमा अध्ययनको मान्यता पाउँछन । वि.सं.२०३५ सालमा स्थापना भएको गोरखा क्याम्पसमा शिक्षा शास्त्र र व्यवस्थापन संकाल अन्र्तगत स्नातक र स्नातकोत्तर तहमा गरी ८ सय ५० जना विद्यार्थी अध्ययनरत छन । कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर, वडा नं ५ का वडाध्यक्ष खिल बहादुर रानाको उपस्थिती रहेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार