• सोमबार, भाद्र २९ २०८३

पल शाहको मुद्दाबारे उच्च अदालतमा बहस चल्दै


बिहिबार, जेष्ठ १९ २०७९
710
Shares

बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा वहस सुरु भएको छ ।

न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरूले बहस गरिरहेका छन् । पल शाहको ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्दैछन् ।

उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरूले निवेदन दिएका थिए । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए । १० चैतमा उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको थियो ।

१५ चैतमा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी सरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार