
गाेरखा । बैंकिङ कसूर मुद्दाका फरार गोरखाकी ५१ वर्षीया महिला काठमाडौंको बानेश्वरबाट पक्राउ परेको छ ।

काठमाडौं नार्गाजुन नगरपालिका—१ रानीवन बस्दै आएकी पालुङटार नगरपालिका २ की ५१ वर्षीया लक्ष्मी सापकोटालाई मंगलबार नेपाल प्रहरी प्रधान कर्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा २०७८ पुष २ गतेको फैसलाले ५ दिन कैद र १२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई नेपाल प्रहरी प्रधान कर्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।
सापकोटाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी नेपाल बङ्गलादेश बैंक लिमिटेड मैतिदेवी शाखामा रहेको खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।


