• मंगलबार, कार्तिक ११ २०८३

तारा एयर दुर्घटना : २० जनाको शव आफन्तले बुझे, जर्मन नागरिकको बाँकी


बिहिबार, जेष्ठ १९ २०७९
765
Shares

तारा एयर दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव आफन्तलाई बुझाइएको छ।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम पछि बिहीबार २० जनाको शव आफन्तलाई बुझाइएको महाराजगन्ज प्रहरी वृत्त प्रमुख डीएसपी प्रमेश बिष्टले जानकारी दिए। दुई जना जर्मन नागरिकको भने शव अस्पतालमै छ। उनीहरुको शव काठमाडौंस्थित जर्मन दूतावासले जिम्मा लिनेछ। 

चालक दलका तीन सदस्य, १३ जना नेपाली यात्रु र ४ जना भारतीय यात्रुको शव भने आफन्तले जिम्मा लिएका हुन्। केही शवको पहिचान गर्न समय लागेकाले आफन्तको जिम्मा लगाउन ढिलाइ भएको हो। 

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज गत आइतबार मुस्ताङको थसाङमा दुर्घटनामा परेको थियो। दुर्घटनामा ज्यान गुमाएका १० जनाको शव सोमबार र १२ जनाको मंगलबार हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो। क्षतविक्षत अवस्थामा रहेका शवको पहिचान स्केचबाट गरिएको प्रहरीले बताएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार