• सोमबार, भाद्र २९ २०८३

कोरियन भाषा परीक्षा आजदेखि, ४३ हजार परीक्षार्थी सहभागी हुने


बिहिबार, जेष्ठ १९ २०७९
550
Shares

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

कोरियन भाषा परीक्षा आजदेखि सुरु हुँदै छ। परीक्षा तीन दिन सञ्चालन हुने वैदेशिक रोजगार विभागले जनाएको छ।

This image has an empty alt attribute; its file name is Namaste-Mobile.gif

वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा आजदेखि सञ्चालन गर्न लागेको हो।

परीक्षा असार ३ सम्म सञ्चालन हुने छ। ललितपुरको भैँसेपाटीस्थित सिबिटी भवनमा ३ सिफ्टमा परीक्षा सञ्चालन हुने छ। पहिलो सिफ्ट बिहान १० बजेदेखि सुरु हुनेछ। त्यसैगरी दोस्रो सिफ्ट बिहान साढे ११ बजे र तेस्रो सिफ्ट दिउँसो २ बजेदेखि सुरु हुने ईपिएस शाखाले जनाएको छ। 

परीक्षा सुरु हुनु भन्दा एक घण्टा अगावै परीक्षार्थीहरुलाई परीक्षा हल भित्र अभिमुखीकरण दिने तयारी छ। कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि कोरिया जान ४३ हजार भन्दा बढी युवाले आवेदन दिएका छन्। भाषा परीक्षा पास गरेकामध्ये ९ हजार ५ सय १३ जनालाई यसै वर्ष कोरिया पठाउने सरकारको तयारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार