• सोमबार, भाद्र २९ २०८३

नेपालबाट भारतमा निर्यात हुनथाल्यो विद्युत्, तत्कालको लागि ३७ मेगावाट पठाइयो


बिहिबार, जेष्ठ १९ २०७९
670
Shares

नेपालबाट भारत विद्युत् निर्यात हुनथालेको छ। त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको बिजुली भारत निर्यात हुनथालेको विद्युत् प्राधिकरणले बताएको छ।

भारतको विद्युत एक्सचेन्ज बजारमा निर्यात सुरु गरेको विद्युत् प्राधिकरणको प्रवक्ता सुरेश बहादुर भट्टराईले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार भारतको एक्सचेन्ज बजारमा हरेक १५ मिनेटमा मूल्य परिवर्तन हुनेछ। यसअनुसार प्रतियुनिट अधिकतम १२ रुपैयाँ मूल्य कायम छ भने न्यूनतम साढे दुई रुपैयाँ पनि हुने गरेको हो।

अहिले भारतले २ सय मेगावाट विद्युत् नेपालबाट माग गरेको छ। नेपालले अहिले ३ सय ६४ मेगावाट विद्युत् बिक्री गर्न पाउने सम्झौता छ। तर बुधबारदेखि ३७ दशमलव २ मेगावाट विद्युत् निर्यात गर्न थालेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार