
गोरखा । मानव अधिकार तथा शान्ति समाजको २७ औ स्थापना दिवसको अवसरमा शान्ति समाज गोरखाले गुरूकुल गोरखामा खाद्यान्न सहयोग गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजको अध्यक्ष सीताराम तिवारीको सभापत्विमा खाद्य सामग्री सहयोग गरेको हो ।
स्थापना दिवसका अवसरमा शान्ति समाज गोरखाले गोरखा नगरपालिका वडा नं ६ मा रहेको गुरूकुलमा खाद्यान्न सहयोग गरेको मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष तिवारीले जानकारी दिए ।
सहयोग गरिएको सामाग्रीहरु चामल, दाल, नुन र तेल लगायतका खाद्यान्न रहेको छ ।
उक्त कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजको पुर्ब अध्यक्ष थानेश्वर दुवाडी, सान्ती समाजका गोमा दुवाडी, साबीत्री दुवाडी, सरद बाबु श्रेष्ठ, कमला लामीछाने, स्कुल प्रध्यापक इश्वरी प्रसाद उपाध्याय लगाएतले सुभकामना दिएका थिए ।



