• सोमबार, भाद्र २९ २०८३

पालुङटारमा नेपाल फाइनान्सको १२ औं शाखा


बिहिबार, जेष्ठ १९ २०७९
815
Shares

गाेरखा। नेपाल फाइनान्सले गोरखाको पालुङटारमा १२ औं शाखा विस्तार गरेको छ ।

नेपालको पहिलो फाइनान्सले पालुङटारमा १२ औं शाखाको औपचारिक उद्घाटन सञ्चालक समिति सदस्य दिप्रश शाक्यले बुधवार एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।

नेपाल फाइनान्स लिमिटेडले देश भर शाखा विस्तार गर्ने क्रममा पालुङटारमा पनि यो ब्रान्च खोलेको नेपाल फाइनान्स लिमिटेडका ब्रान्च म्यानेजर सुदिप रिसालले बताए । नेपाल फाइनान्स लिमिटेडको गोरखा सहित ९ जिल्ला शाखा बिस्तार गरिसकेको रिसालले बताए ।

फाइनान्सले घरेलु तथा साना उद्योगहरुमा लगानि गर्नका लागि अलिकति दुर्गम क्षेत्रमा पनि काम गर्न लागेको रिसालले जानकारी दिए। कार्यक्रममा पालुङटारका पुर्व मेयर दिपक बाबू कंडेल स्थानिय बैंकका कर्मचारीहरु, स्थानिय राजनितीक दलका प्रतिनिधि र स्थानियहरुको उपस्थिति रहेको थियोे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार