• सोमबार, भाद्र २९ २०८३

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


बुधबार, जेष्ठ १८ २०७९
1.9K
Shares

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १२४ रूपैयाँ ५३ पैसा पुगेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५८ पैसा पुगेको छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३३ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३३ रूपैयाँ २० पैसा तोकेको छ। कतारी रियाल एकको खरिदमा भने ३३ रूपैयाँ ९१ पैसा र बिक्रीमा ४३ रूपैयाँ ०७ पैसा पाइन्छ। 

युएई दिराम एकको खरिदमा आज ३३ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३३ रूपैयाँ ९० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ३० पैसा र बिक्रीदर २८ रूपैयाँ ४४ पैसा पुगेको छ। 

कुवेती दिनार एकको खरिददर ४०५ रूपैयाँ १३ पैसा र बिक्रीदर ४०७ रूपैयाँ ०९ पैसा पुगेको छ। कुवेती दिनारको बिक्रीदर हालसम्म कै उच्च हो। यसअघि यसको बिक्रीदर गत सोमबार ४०७.०३ पैसा पुगेको थियो।

आज बहराइन दिनार एकको खरिदमा भने ३२८ रूपैयाँ ७१ पैसा र बिक्रीमा ३३० रूपैयाँ ३१ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। तर भारतीय मुद्राको विनिमय दर भने नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुन्छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्। 

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दरः 

This image has an empty alt attribute; its file name is June%201.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार