• सोमबार, भाद्र २९ २०८३

भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं फर्कियो


बुधबार, जेष्ठ १८ २०७९
815
Shares

काठमाडौंबाट झापाको भद्रपुरतर्फ जाँदै गरेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको छ।

जहाजको टायरमा केही समस्या देखिएपछि उडान भरेको केही समयमै पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएको बुद्ध एयरका प्रवक्ता दीपन्द्र कर्णले जानकारी दिए।

‘जहाजमा प्राविधिक समस्या देखियो। भद्रपुर उडेको ९५३ उडान नम्बरको जहाजलाई तत्कालै फिर्ता बोलाएर काठमाडौंमा सुरक्षित अवतरण गरेका छौ’, कर्णले भने, ‘अहिले हाम्रो प्राविधिक टोलीले जहाजको निरीक्षण गरिरहेको छ।’  

६९ यात्रु लिएर भद्रपुर जान लागेको उक्त जहाजमा समस्या आएपछि बुद्ध एयरकै अर्को जहाजबाट सबै यात्रुलाई पठाइएको कर्णले जानकारी दिए।

हवाईजहाजको टायरको केही भाग धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता बोलाइए पनि त्यही जहाजको हो होइन, अनुसन्धान भइरहेको उनले बताए। काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार