• सोमबार, भाद्र २९ २०८३

घट्यो सुनको मूल्य, तोलाको कति ?


बुधबार, जेष्ठ १८ २०७९
625
Shares

बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले गिरावट आएको छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १ हजार २७० बाट घटेर १ हजार २५० रुपैयाँमा झरेको छ । मंगलबार छापावाल सुनको मूल्य ९८ हजार र तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तथा चाँदीको मूल्य १ हजार २७० रुपयाँ प्रतितोला थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार