• सोमबार, भाद्र २९ २०८३

‘कबड्डी ४’ की अभिनेत्री मिरुना मगर र फुर्पा तामाङबीच सहमति


बुधबार, जेष्ठ १८ २०७९
615
Shares

अभिनेत्री मिरुना मगर र फुर्पा लामा तामाङबीच मिलापत्र भएको छ।

गलत नियतले छोएको भन्दै नायिका मगरले फुर्पा तामाङलाई थप्पड हानेको र तामाङलाई प्रहरीले पक्राउ गरेको प्रकरणमा दुवैले आ–आफ्नो गल्ती स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

मंगलबार दुवै पक्षबीच भएको सहमतिमा फुर्पाले आफ्नो गल्ती स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएकी हुन्।

‘कबड्डी ४’की नायिका समेत रहेकी मिरुनाले आइतबार सिभिल मलमा दर्शकसँगको साक्षात्कारमा फुर्पाले गलत नियतले छोएको आरोप लगाएकी थिएन्।

आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका–२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो । अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेकी थिइन्।

मंगलबार भने प्रमुख जिल्ला अधिकारीको आदेशमा तामाङ तीन हजार धरौटीमा रिहा भएका छन्। तामाङ रिहा भएसँगै बौद्ध भिक्षुहरू र फिल्मको टीम बसेर घटनाको सहमति गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार